रुकुम पश्चिममा ३३ केभी क्षमताको विद्युत सवस्टेशन उद्घाटन
गोरखापत्र अनलाइन
चैत्र ७, २०७८ सोमबार
जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ३ धैरेनीचौरमा रहेको विद्युत सव स्टेशनको उद्घाटन गरिएको छ । सोमबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रुपमा ३३ केभी क्षमताको उक्त सव स्टेशनको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।