खाद्य सुरक्षा ऐन कार्यान्वयनमा ढिलाइ
गोरखापत्र अनलाइन
चैत्र ९, २०७८ बुधबार
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ संसद्बाट पारित भएको तीन वर्षभन्दा बढी भइसकेको छ । तर, अझै पूर्ण कार्यान्वयनमा आएको छैन । संविधानअनुसार नागरिकको खाद्य, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्नका लागि सरकारले सो ऐन ल्याएको हो । तर, अझै कार्यान्वयनमा आएको छैन ।