विदेश छाडेर युवा गाउँ फर्किए, तरकारीबाट करोडौंको आम्दानी
गोरखापत्र अनलाइन
असार ३०, २०७८ बुधबार
पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानमा ताजा तरकारी र विउ विक्री गरेर किसानहरुले गाउँमा करोडौं रकम भित्राउछन् । धाइरिङका किसानहरुले लगाएको तरकारीले सल्यानको फाँट हरियाली बनेको छ । यहाँका अधिकांश घरपरिवार व्यवसायिक ताजा तरकारी उत्पादनमा सक्रिय छन् । ताजा तरकारी र बिउ विक्री यहाँका किसानहरुको मुख्य पेशा हो ।