नेपालको निर्यात ३७.८ प्रतिशतले वृद्धि, कुल एक खर्ब २१ अर्ब
रासस
असार ३१, २०७८ बिहीबार
नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०।२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५।९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।