बढ्यो विप्रेषण, घिउतेलमा ३१ प्रतिशतसम्म मूल्य वृद्धि
गोरखापत्र अनलाइन
श्रावण १, २०७८ शुक्रबार
कोरोना कारण अधिकांश आर्थिक गतिविधि ठप्प रहँदा पनि अर्थतन्त्रका लागि विपे्रषण निकै सहयोगी देखिएको छ । महामारीको अवस्थामा पनि नेपाल भित्रिने विपे्रषणमा कुनै कमी आएको छैन ।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत जेठको तुलनामा १२.६ प्रतिशतले बढेर नेपाल भित्रने विपे्रषण आठ खर्ब ७० अर्ब ९४ करोड रुपियाँ पुगेको छ ।