नेपालमा किनिएका मोवाइल सेट बन्द हुँदैनन्, हराएमा खाेज्न सजिलाे
गोरखापत्र अनलाइन
श्रावण १, २०७८ शुक्रबार
नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेबाट विदेशबाट अवैध रुपमा ल्याइएका मोवाइल सेट चलाउन नमिल्ने नियम लागू गरेको छ ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएपछि कुन मोबाइल सेट वैध र कुन अवैध भन्ने छुट्याउन सकिने र अवैध मोवाइल सञ्चलन बन्द हुने प्राधिकरणले जनाएको छ ।
यो प्रणाली तथ्याङ्कका लागि प्रयोग गरिने प्रणाली हो । यसमा राखिएको मोबाइल तथ्याङ्कले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउने छ ।