बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली
रासस
असार २७, २०७८ आईतवार
बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।
जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३ अङ्कले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७.५ अङ्कको वृद्धि भएको छ । यी उपसमूहको त्लनामा अरु उपसमूहको शेयरमा उल्लेख्य वृद्धि नभए पनि नेप्से बढाउन सहयोगी देखिएका छन् । नेप्सेका अनुसार...