तामाकोसी दोस्रो टर्वाइनको उत्पादन यसै साताबाट
गोरखापत्र अनलाइन
असार २६, २०७८ शनिबार
स्वदेशी लगानीमा निर्मित दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार असार २१ गते उद्घाटनसँगै