नेपाल–भारत रेल सेवा सम्झौता संशोधनको स्वागत
गोरखापत्र अनलाइन
असार २७, २०७८ आईतवार
नेपाल र भारतबीचको रेलसेवा सम्झौतामा संशोधन भएकामा निजी क्षेत्रले स्वागत गरेको छ । शुक्रबार दुवै देशका सरकारका तर्फबाट संशोधनसहित हस्ताक्षर भएकामा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको हो ।
संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन् । “यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासङ्घको छ,” महासङ्घले...