काँठ क्षेत्रका किसानलाई कोरोना बिर्साउँदै धान रोपाइँको चटारो
रासस
असार ३, २०७८ बिहीबार
निषेधाज्ञा र कोभिड–१९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा छपक्कै छरिएका छन् किसानहरु । न मुखमा मास्क छ, न त हातमा स्यानिटाइजर नै । बिहानैदेखि साँझ नपरेसम्म कोही खेतको डिलमा आली लगाउँदै, कोही माटो पल्टाएर सम्याउदैै, कोही ब्याडमा धानको बीउ काढ्दै त, कोही महिला हातभरि बीउ लिएर गाँभो खेतमा गाड्दै ।