भारतद्वारा कोइला निर्यात खुला
गोरखापत्र अनलाइन
असार ३, २०७८ बिहीबार
भारतले कोइला निर्यातमा लगाएको बन्देज खुला गरेको छ । त्यस आधारमा नेपालमा कोइलाको मूल्य १० देखि १५ प्रतिशत घट्ने अनुमान गरिएको छ ।
भारतले कोइला निर्यातमा रोक लगाएकाले नेपालमा इन्डोनेसिया, अफ्रिका, अस्ट्रेलिया, अमेरिकालगायतका देशबाट कोइला आयात हुँदै आएको थियो तर अहिले भारतले कोइला निर्यातमा लगाएको बन्देज हटाएपछि भारतबाट कोइला नेपाल आउँदा कोइलाको मूल्य १० देखि १५ प्रतिशत घट्ने दाबी व्यवसायीको छ ।