शेयर कारोवार साताको अन्तिम दिन नेप्से झिनो अङ्कले ओरालो
रासस
जेष्ठ २७, २०७८ बिहीबार
शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । लगातार नयाँनयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्से सामान्य रूपमा थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८० अङ्कले घटेर दुई हजार ९४४.७८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ बिन्दुले बढेर ५२७.८७ मा पुगेको छ ।
कारोबार भएका कूल २२० कम्पनीको तीन करोड छ लाख छ हजार ६४४ कित्ता...