नेप्सेमा चमकः बजार पूँजीकरण ४१ खर्ब नाघ्यो, सात कम्पनीको शेयरमा सर्किट
रासस
जेष्ठ २५, २०७८ मंगलवार
मुलुकको कूल गार्हस्थ उत्पादनलाई शेयर बजारले पछाडि पारेको छ । मङ्गलबारको कारोवारपछि नेपालको शेयर बजारको कूल बजार पूँजीकरण रु ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।
नेपाल धितोपत्र बोर्डका अध्क्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताउनुभएकै दिन बजार पूँजीकरणमा उल्लेख्य सुधार देखिएको...