पुनर्बीमाको बजार विकास गर्न निर्देशिका
गोरखापत्र अनलाइन
जेष्ठ २७, २०७८ बिहीबार
बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर)सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । पुनर्बीमा दलाल (ब्रोकर)को पुँजी निर्धारण गरी दर्ता तथा नियमको व्यवस्था मिलाई पुुनर्बीमा बजारको विकास गर्ने उद्देश्यले समितिले निर्देशिका जारी गरेको हो ।
उक्त निर्देशिकाअनुसार बीमा व्यवसाय सञ्चालन गर्न स्थापित सङ्गठित संस्थाको अधिकृत पुँजी कम्तीमा १० करोड रुपियाँ हुनुपर्ने, त्यसको ५० प्रतिशत रकम चुक्ता पुँजीका रूपमा कायम गर्नुपर्ने...