खाद्यवस्तुमा सरकारले छुट दिने भएपछि उपभाेक्ताकाे भीड (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
जेष्ठ २१, २०७८ शुक्रबार
निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएपछि यसका विक्री केन्द्रहरूमा ग्रहाककाे भीड लागेकाे छ । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।