सीजीले सुरु गर्यो इन्टरनेट सेवा
गोरखापत्र अनलाइन
जेष्ठ १९, २०७८ बुधबार
चौधरी समूहअन्तर्गतको सीजीनेटले इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले मङ्गलबारदेखि काठमाडौँका केही स्थानबाट सेवा सुरु गरेको हो । कम्पनीका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, झम्सिखेलमा उपलब्ध हुनेछ । बिस्तारै देशैभर यो सुविधा उपलब्ध गराउने चौधरी समूहका महाप्रबन्धक मधु पौडेलले जानकारी दिनुभयो ।