७० प्रतिशत उद्योग–व्यवसाय कोरोनाबाट प्रभावित
गोरखापत्र अनलाइन
जेष्ठ १९, २०७८ बुधबार
कोरोना महामारी र बन्दाबन्दीका कारण करिब देशभरका ७० प्रतिशत उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । कोरोना प्रभावबारे उद्योगी–व्यवसायीलगायतसँगको टेलिफोन सर्भेका आधारमा यस्तो अनुमान गरिएको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकीमा ७५ प्रतिशत, बागमतीमा ६९ प्रतिशत, प्रदेश २ मा ६९ प्रतिशत, लुम्बिनी प्रदेशमा ६४.५ प्रतिशत,...