सरकारले १८ देखि ५९ वर्षसम्मका बेराेजगारकाे सूची तयार गर्दै
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारीलाई सूचीकृत हुन आव्हान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले आर्थिक अवस्था न्यून रहेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारहरुसँग निवेदन सङ्कलन शुरु गरेको हो ।