समृद्धिको अवसर
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७८ शनिबार
लोकसाहित्य, लोकसंस्कृति, प्रकृति, सम्पदा र भाषाका दृष्टिले कर्णाली सम्पन्न छ । जसको जगमा टेकेर कर्णालीको पर्यटन अगाडि बढ्ने कोसिस गरिरहेको छ । सडक र सञ्चारको पहुँच विस्तारसँगै ‘कर्णालीको कहर’ अब ‘समृद्धिको अवसर’ मा बदलिँदै छ ।
इतिहासतिर घोत्लिने हो भने, कर्णाली र भेरी नदीको सेरोफेरोमा राज्य र जौटाहरू अर्थात् ‘बाइसे राज्य’ थिए ।