कृषि मन्त्रालयको वित्तीय प्रगति पचास प्रतिशत
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आव २०७८/७९ को दोस्रो त्रैमासिक अवधिको एकमुष्ट भारित प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले यो अवधिमा केही नीति स्वीकृति हुनुका साथै धान, उखु र दूधको मूल्य निर्धारण, उखु प्रवद्र्धनबापत उखु किसानलाई करिब ७८ करोड रुपियाँ भुक्तानी, पशुपन्छीका विभिन्न रोगविरुद्धको खोपको उत्पादन, रासायनिक मल आयात व्यवस्थामा स्रोत सुनिश्चिततालगायतका...