ओरालो लाग्यो देशभर घरजग्गाको कारोबार
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७८ मंगलवार
अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर जग्गाको कारोबारबाट छ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ बराबरको राजस्व सङ्कलन भएको थियो।