आलु अनुसन्धानको केन्द्र बन्दै कुशादेवी : टिस्यु कल्चर प्रविधिबाट बीउ उत्पादन
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७८ मंगलवार
काभ्रेको पनौती नगरपालिका–३, कुशादेवी आलु अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ । केही वर्षदेखि स्थानीय कृषक राजेन्द्र थापा, शशी अधिकारी, दीपेन्द्र थापा र आलुविज्ञ श्यामप्रसाद ढकालले विभिन्न जातका आलुको अनुसन्धान गरी पूर्व मूल बीउ आलु उत्पादन (पीभीएस) गर्न टिस्यु कल्चर प्रयोगशाला स्थापना गरेसँगै यो क्षेत्र आलु अनुसन्धान केन्द्रका रूपमा परिचित हुँदै गएको हो । लामो समयदेखि आलु खेतीमा लाग्नुभएका राजेन्द्र,...