इन्टर्नसिपको समस्या छिटै समाधान
गोरखापत्र अनलाइन
मंसिर १९, २०७८ आइतवार
चीनमा एमबीबीएस अध्ययन गर्दागर्दै कोरोना सङ्क्रमण बढेपछि स्वदेश फर्किएका विद्यार्थीको थप पढाइ तथा इन्टर्नसिपका लागि सरकारले सम्बन्धित मुलुकमै पहल गरिदिने भएको छ ।
सरोकारवाला निकाय विद्यार्थीलाई चीनमै पठाएर थप अध्ययन पूरा गराउने व्यवस्था गर्न सहमत भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले भन्नुभयो, “विद्यार्थीको माग जायज छ । जसरी भए पनि उनीहरूलाई पूर्ण अवधिसम्म पढ्ने वातावरण...