पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै
रासस
मंसिर १६, २०७८ बिहीबार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ ।
मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क सङ्कलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको...