थेसिस किलोको १२ रुपियाँमा बिक्छ, वार्षिक आठ लाख कमाउँछ त्रिवि
विष्णु पाण्डेय
मंसिर १३, २०७८ सोमबार
स्नातकोत्तर तहको शोधपत्र (थेसिस) विद्यार्थीले बुझाएको छ महिनापछि प्रतिकिलो १२ रुपियाँमा त्रिभुवन विश्वविद्यालयले बेच्ने गरेको छ । विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्करराज जोशीका अनुसार राख्ने ठाउँको अभावमा छ महिना कटेपछि थेसिस बेच्ने गरिएको छ ।