संरक्षणको पर्खाइमा सहिद इच्छुकको घर
गोरखापत्र अनलाइन ,
भाद्र ४, २०७७ बिहीबार
दाङको भालुवाङ बजारबाट राप्ती नदी तरेपछि बाँयातर्फ रहेको सानो झुप्रो घर । तर सबैले सहिदको घर भन्थे, रोक्थे, हेर्थे, फोटो खिच्थे । अहिले त्यो घर पनि रहेन, घर ढलेको छ, ईंटा ढुङ्गा यत्रतत्र भएका छन् । सहिद घर भनेर भन्दा धेरैले स्याहार पुगेन भन्छन् । यो भनाइ दाङसँग सीमा जोडिएको अर्घाखाँची जिल्लाको शितगंगा गाउँपालिका वडा नम्बर ८ शातमारा निवासी पूर्ण घर्तीको हो । उहाँले भनेजस्तै सहिदको घरमा स्याहार सुसार हुन्छ, सालिक बन्छ,...