बरहथवा ‘इपिसेन्टर’, एकैपटक ४० जना सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन ,
श्रावण ३२, २०७७ आईतवार
सर्लाहीको बरहथवाका ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले साउन २५ र २६ गते ३०८ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाएको थियो । त्यसमध्ये आइतवार साँझसम्म ९६ जनाको रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको हो । सबै ३०८ जनाको रिपोर्ट आइसक्दा सम्म ठूलो सङ्ख्यामा सङ्क्रमित थपिने देखिएको छ ।