मृत्युपछि नेगेटिभ देखिए पनि आफन्तद्वारा दाहसंस्कार अस्वीकार, सेनाले अन्त्येष्टि गर्दै
गोरखापत्र अनलाइन ,
श्रावण ३२, २०७७ आईतवार
कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिए पनि विराटनगर–३ की ८७ वर्षीया वृद्धाको मृत्युपछि अन्त्येष्टि गर्न आफन्तले अस्वीकार गरेका छन् ।
घर परिवारमा सँगै बस्दै आएका छोरा र बुहारी कोरोना सङ्क्रमित भएका कारण आफ्नै आमाको अन्त्येष्टिमा काठमाडौंबाट छोरा आउन सकेनन् भने गाउँ समाजले समेत लास उठाउने हिम्मत गरेनन् ।
मृतक वृद्धाका कान्छा छोरा मंगलबारदेखि आईसोलेसनमा बस्दै आउनु भएको थियो । सम्पर्क पहिचानका आधारमा संकलन गरिएको...