सुनसरीको सीमामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप दुई घाइते
गोरखापत्र अनलाइन ,
श्रावण ३, २०७७ शनिबार
सुनसरीको सीमावर्ती गाउपालिका हरिनगर-७, घुस्कीमा सशस्त्र प्रहरीको गोली लागेर गएराति स्थानीय एक जना युवा गम्भीर घाइते भएका छन् । सीमा सुरक्षा बल सुनसरीका अनुसार शुक्रबार राति साढे ९ बजेको समयमा भारतबाट अवैध रूपमा समान ल्याउने विषयमा विवाद हुँदा गोली चलेको हो । गोली लागेर हरिनगर गाउँपालिका वार्ड नम्बर ७, घुस्कीका २० वर्षीय सुवाद अन्सारी घाइते हुनुभएकाे छ भने युवाहरूले कुटपिटबाट गर्दा ड्युटीमा खटिएका सशस्त्र प्रहरी...