कमैया मुक्तिको दुई दशक पूरा, अझै पुनर्स्थापना हुन सकेन
गोरखापत्र अनलाइन ,
श्रावण २, २०७७ शुक्रबार
कमैया मुक्तिको दुई दशक पुगे पनि सम्पूर्ण मुक्त कमैयाको अझै पुनर्स्थापना हुन सकेको छैन । विगतमा भएको उदासिनता र नयाँ संचरनामा संयन्त्र अभावका कारण पुनर्स्थापनाको कार्य अझै पनि नटुङ्गिएको हो । पुनर्स्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिइएपछि यो कार्य झनै अन्योल बनेको छ ।
बधुवा मजदुरको रुपमा जमिन्दारको घरमा काम गर्ने कमैयालाई तत्कालीन सरकारले २०५७, साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । आज कमैया मुक्ति घोषणाको...