कञ्चनरुप नगरपालिकाका २७८ मुसहर परिवारलाई राहत
गोरखापत्र अनलाइन ,
जेष्ठ ३१, २०७७ शनिबार
लामो लकडाउनको कारण खाद्यान्न अभाव भाेगिरहेका सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर १, ४ र १० का २७८ मुसहर र डोम परिवारलाई राहत वितरण गरेको छ।
कोरोना भाइरस (कोभिड–१९)का कारण जारी लकडाउनको मारमा रहेको मुसहर र डोम समुदायलाई दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–८ ले शुक्रबार राहत वितरण गरेको हो ।