पुस ४ गतेदेखि बालबालिकालाई कोरानाविरुद्धको खोप दिइने
गोरखापत्र अनलाइन
मंसिर २४, २०७८ शुक्रबार
सरकारले आगामी पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने भएको छ । १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।
देशभरका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. सागर दाहाल जानकारी दिनुभयो ।
विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको...