तीन करोड १४ लाख प्राप्त, दुई करोड सात लाख लगाइयो
सिर्जना खत्री
मंसिर २८, २०७८ मंगलवार
नेपालमा कोरोना भाइरसविरुद्धको खोप विश्वका विभिन्न देशबाट आउने क्रम बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार नेपालमा अहिलेसम्म विभिन्न माध्यमबाट तीन करोड १४ लाख १९ हजार ७३० मात्रा खोप आइसकेको छ । उक्त खोप नेपालले अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत खोप प्राप्त गरेको हो ।