डेंगु, जिका भाइरस जस्ता रोगका कारण चिन्ताको विषय बन्दै
गोरखापत्र अनलाइन
कार्तिक २७, २०७८ शनिबार
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जिका भाइरस जस्ता रोगहरुका कारण स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । जाडोयाम सुरु भइसक्दा पनि लामखुट्टेको कमी हुन नसक्दा यसले थप समस्या बढाएको छ । तर, जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार वर्खायाम सकिएलगत्तै र जाडोयाम सुरु हुने पोष्ट मनसुनी समयमा लामखुट्टेको वृद्धि हुनु स्वभाविक नै हो ।