झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी
रासस
कार्तिक २३, २०७८ मंगलवार
कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा प¥यो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन ।
कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए । प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो ।