कालीकोटको जिल्ला अस्पतालमा डेन्टल सेवा सुरु
गोरखापत्र अनलाइन
कार्तिक २९, २०७८ सोमबार
कालीकोटको जिल्ला अस्पतालमा डेन्टल सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले डेन्टल सेवा पनि थप गरेर सेवा दिन सुरु गरेको छ । सुरुका दिनमा बिरामीले जानकारी नपाएका कारणले छिटफुट मात्र दाँतका विरामी आए पनि पछिल्लो समयमा दैनिक १० देखि १५ जनाको दरले डेन्टल सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।