बालबालिकाका लागि एक करोड खोप खरिद गरिने
सरोज ढुङ्गेल
कार्तिक २३, २०७८ मंगलवार
बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गोरखापत्रसँग कुरा गर्दै एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने...