ट्याटुप्रति बदलिँदै सामाजिक दृष्टिकोण
गोरखापत्र अनलाइन
कार्तिक २१, २०७८ आईतवार
ट्याटु आर्टिस्ट् अन्जित राई विगत नौ वर्षदेखि ट्याटु खोप्ने काम गर्दै आउनुभएको छ । कस्मेटिक र फेसनको रुपमा बुझिने ट्याटु बनाउन उहाँ कलेज पढ्दाताका देखिनै सिक्दै आउनुभएको थियो । राईको आफ्नै शरीरको अगाडि भागमा आमा, बुवाको र पछाडि भागमा सरस्वति देवीको ट्याटु खोप्नुभएको छ ।