चिसोमा संक्रमणबाट बच्न न्यानो कपडा र खानपानमा ध्यान दिउँ
विष्णु पाण्डेय
कार्तिक २०, २०७८ शनिबार
चिसोयाम शुरु भएसँगै विभिन्न्न रोगले सताउने गर्दछन् । चिसोयाममा धेरै व्यक्तिले खानपानमा ध्यान नदिएका कारण विभिन्न रोग लिएर अस्पताल जाने गर्दछन् ।
निमोनिया, ज्वरो, रुघाखोकी टन्सिल, दम, मुटुको समस्या, जोर्निको दुखाई, पिनास जस्ता रोगहरु चिसोयाममा समस्याको रुपमा देखिने जनरल फिजिसियन डा. लोचन कार्कीले बताउनुभएको छ ।