दुई जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य
गोरखापत्र अनलाइन
कार्तिक ३, २०७८ बुधबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या शून्य रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले मुस्ताङ र मुगुमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेको जानकारी दिनुभयो ।
त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुर र कास्की जिल्लामा पाँच सयभन्दा माथि सङ्क्रमित रहेको उहाँले बताउनुभयो । यसैगरी सुनसरी, मोरङ, झापा, धनुषा, सप्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी...