नेपालमा पनि बुस्टर डोजबारे छलफल थाल्नु जरुरी : डा.पुन
विष्णु पाण्डेय
कार्तिक ५, २०७८ शुक्रबार
विश्वका केही देशहरुले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिन सुरु गरिसकेका छन् । चीन,अमेरिका,बेलायत लगायतका देशहरुले आफ्ना नागरिकलाई बुस्टर डोज दिन सुरु गरेका छन् । कोरोनाविरुद्वको खोप लगाएको छ महिना पुगेपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएका कारण पनि बुस्टर डोजको आवश्यकता रहेको भन्दै उनीहरुले नागरिकहरुलाई बुस्टर डोज दिन सुरु गरेका हुन ।