बागमती प्रदेशमा हालसम्म पाँच हजार ८९१ स्वास्थ्यकर्मी सङ्क्रमित, १२ को मृत्यु
विष्णु पाण्डेय
कार्तिक ७, २०७८ आईतवार
नेपालमा कोरोना महामारी सुरु भएपछि अहिलेसम्म नौ हजार ४९२ स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् भने ४० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।बागमती प्रदेशमा सबैभन्दा बढी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी एवम् सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।