काठमाडौं महानगरका पाँच वडामा शून्य सङ्क्रमित
आशा साह
कार्तिक ६, २०७८ शनिबार
काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । शक्रबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९४६ रहेकोमा काठमाडौं महानगरपालिकामा एक हजार ७२ रहेको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, भक्तपुरमा ५६१ र ललितपुरमा ६१४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रहेको स्वास्थ्य मन्त्रालयले...