विगत २४ घण्टामा ९४ जना सङ्क्रमित थपिए, एकको मृत्यु
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
आइतबार छ हजार चार सय ८६ जनामा गरिएकोो पीसीआर परीक्षणमा ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ संक्रमणबाट एकको मृत्यु भएको छ । यसैगरी, चार सय १५ जना कोभिड–१९ संक्रमित निको हुनुभएको छ ।