ओरालो लाग्दै कोरोना सङ्क्रमण, दश दिनदेखि पाँच प्रतिशतभन्दा तल
सिर्जना खत्री
फाल्गुन १६, २०७८ सोमबार
नेपालमा कोरोना सङ्क्रमणदर निकै तल झरेको छ । आइतबार २४ घण्टा नौ हजार ७१० जनाको परीक्षण गर्दा सङ्क्रमणदर १.१४ प्रतिशत मात्र कोरोना पुष्टि भएको छ ।
यो सङ्ख्या पुस महिना यताकै सबैभन्दा कम हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा फागुनको ५ गतेदेखि नेपालमा कोरोना सङ्क्रमणदर पाँच प्रतिशतभन्दा तल झर्न थालेको देखिन्छ ।