पिसिआर परीक्षण एक हजारमा हुने, कुटनीतिक नियोगक १४० कर्मचारीले लगाए खोप
गोरखापत्र अनलाइन
माघ २८, २०७७ बुधबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको छ ।
संक्रमितहरुको संख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको हो । अबदेखि नीजि अस्पतालहरुको बिलभर्पाइ सरकारले बेहोर्दैन । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले संक्रमितको संख्या घटेकोले सरकारी अस्पतालमा मात्र उपचार गर्दा...