१२२ सङ्क्रमित थपिए, १४४ कोरोनामुक्त
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७७ सोमबार
नेपालमा कोरोनाभाइरसका १२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२२ जना सङ्क्रमित थपिएकोमा १४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।