१०५ सङ्क्रमित थपिए, ९९ कोरोनामुक्त
गोरखापत्र अनलाइन
फाल्गुन ४, २०७७ मंगलवार
नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०५ जना सङ्क्रमित थपिएकोमा ९९ जना कोरोनामुक्त भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको...