निकाे हुने दर बढ्याे, पछिल्लाे २४ घण्टामा २७० सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
माघ २, २०७७ शुक्रबार
पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ हजार ८१६ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।
यसैगरी, हालसम्म दुई लाख ६० हजार ५६७ जना सङ्क्रमित निको भएका छन् । निकाे हुने दर ९७.६६ प्रतिशतमा उक्लेकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका...