चौवीस घण्टामा ४३० नयाँ संक्रमित थपिए, ३९० निको भए, पाँचको मृत्यु
गोरखापत्र अनलाइन
पुष २८, २०७७ मंगलवार
पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४३० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार ६९८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यसै गरी हालसम्म दुई लाख ५९ हजार ३५८ जना सङ्क्रमित निको भएका छन् ।